भूकम्प अपडेट : भाग्ने क्रममा तीन जना घाइते

चैत्र २३, २०८१

हरिहरसिंह राठौर

Earthquake update: Three injured while fleeing

जाजरकोट — शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट तीन जना घाइते भएका छन् ।

जाजरकोटको कुशे गाउँपालिका–९, पैक केन्द्रबिन्दु भएर राति ८ बजेर १० मिनेटमा गएको भूकम्पको त्रासले घरबाट भाग्ने क्रममा उनीहरू घाइते भएका हुन्।

घाइते हुनेमा भेरी नगरपालिका–२, रिसाङकी ४९ वर्षीया कमला कार्की, भेरी नगरपालिका–४ का ३४ वर्षीय सुरेश श्रेष्ठ र नलगाड नगरपालिका–१२ का २२ वर्षीय वीरेन्द्र भण्डारी रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार घाइतेहरूलाई जिल्ला अस्पताल जाजरकोटमा उपचार गरेर बिहान डिस्चार्ज गरिएको छ ।

हरिहरसिंह राठौर

Link copied successfully