अनेमसंघ कालीकोटको अध्यक्षमा नेपाली सर्वसम्मत

चैत्र २०, २०८१

तुलाराम पाण्डे

Nepali unanimous in President of Anem Sangh Kalikot

कालीकोट — एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) कालीकोटको आठौं जिल्ला अधिवेशनले तुलसी नेपाली (परियार) लाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

बुधबार पार्टी कार्यालय मान्ममा सम्पन्न अधिवेशनले परियारको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा जौकला शाही र ललिता चौलागाईं, सचिवमा नन्दा विष्ट, सहसचिवमा गोमा सिंखडा तथा कोषाध्यक्षमा मनशोभा सुनार चयन भएका छन् । 

एमाले कालीकोटकी महिला नेतृ पार्वती सिंह सञ्ज्यालले कालीकोटमा पहिलो पटक दलित महिलाको नेतृत्वमा नयाँ टिम निर्वाचित हुनु दलित समुदायका लागि उपलब्धिमूलक भएको बताइन् ।

उनले निर्वाचित समितिलाई शुभकामना दिँदै संगठनलाई अझ सशक्त बनाउनने विश्वास व्यक्त गरिन् । 

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully