मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचन सुरु

चैत्र १८, २०८१

ज्योति कटुवाल

Midwestern University SWIU election begins

सुर्खेत — मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाच सुरु भएको छ । 

यसअघि पटक–पटक रोकिएको स्ववियु निर्वाचन सोमबार बिहानदेखि सुरु भएको निर्वाचन समितिले जनाएको छ । 

यसअघि अदालतमा निवेदन परेपछि केही समयदेखि निर्वाचन रोकिँदै आएको थियो ।

आजको निर्वाचनमा चार हजार ३ सय ८३ जना विद्यार्थीले मतदानमा सहभागिता जनाउँदैछन् ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully