शव फेला परेको ७ दिनपछि उद्धार

चैत्र १२, २०८१

रामचन्द्र न्यौपाने

Rescued 7 days after body was found

डोल्पा — डाेल्पाकाे छार्का ताङसोङ गाउँपालिका-२ स्थित मिसिङ बगरमा बेवारिसे शव फेला परेकाे ७ दिनपछि मात्रै उद्धार गरिएको छ ।

अन्दाजी ५० वर्षकाे देखिने पहिचान खुल्न नसकेको पुरुषको शव फेला परेको हो ।'शव ५ चैतमा फेला परेकाे सूचना आएको थियो,' जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रहरी निरीक्षक राजेश बस्नेतले भने, 'चाैकी रहेको काइके गाउँपालिकाबाट प्रहरी घटनास्थलमा पुगेर फर्किनै करिब एक साता लाग्याे ।'

घटनास्थलमा उपल्लो डाेल्पामा पर्छ । त्यहाँ रहेको प्रहरी चौकी गत मंसिरमै चिसाे छल्न बेँसी झरिसकेकाे छ ।

बस्नेतले शव हिजाे मात्र दुनै पुर्‍याइएकाे छ । गहुँगाेराे, उचाइ ५ फिट ५ इन्च, खैराे रङको स्वेटर र खैराे रङकाे टाेपी लगाएको पुरुषको शव भेटिएको उनको भनाइ छ । मृतककाे शव जिल्ला अस्पतालमा राखिएको छ ।

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully