सुर्खेत — दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका दुल्लु नगरपालिका-६ बस्ने १८ वर्षीय गगन खड्काको दुल्लु अस्पताल लैजाँदै गर्दा निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बेलुका गोठमा भैंसी सार्ने क्रममा चट्याङ टाउकोमा लागेपछि बेहोस भएका खड्कालाई तत्काल उपचारका लागि आफन्तहरुले दुल्लु अस्पताल लाँदै थिए ।
