वीरेन्द्रनगर — सुर्खेतमा पानीको बाल्टिनमा डुबेर एक बालककको मृत्यु भएको छ । भेरीगंगा नगरपालिका–१ का दीपक रावतका १८ महिनाका छोरा समिरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालक छिमेकीको घरमा रहेको पानीको बाल्टिनमा डुबेका हुन् ।
उनको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।
