डोल्पामा पहिलो पटक एसईईमा ‘मेटल डिटेक्टर’को प्रयोग

चैत्र ७, २०८१

कान्तिपुर संवाददाता

Use of 'Metal Detector' in SEE for the first time in Dolpa

डोल्पा — डोल्पा जिल्लामा पहिलो पटक माध्यमिक शिक्षा परीक्षा(एसईई) मा मेटल डिटेक्टर मेसिन प्रयोग गरेर परीक्षार्थीको जाँच गरिएको छ ।

आजदेखि सुरु भएको परीक्षामा परीक्षमा हलमा प्रभावित पार्ने खालका उपकरणहरु ल्याए/नल्याएको जाँच गर्नका लागि मेटल डिटेक्टरको प्रयोग गरिएको हो । 

जनप्रभा माध्यमिक विद्यालयका केन्द्राध्यक्ष तेजबहादुर गिरिका अनुसार परीक्षा हलमा मोबाइल फोन लगायतका विद्युतीय सामग्री लैजान नपाउन् भनेर जिल्लामै पहलोपटक चेकजाँचका लागि मेटल डिटेक्टरको प्रयोग गरिएको हो । 

विगतमा परीक्षा हलभित्रै मोबाइल प्रयोग भएका घटनाहरु बाहिरिएकाले यसपटक कडाई गरिएको उनको भनाइ छ । जिल्लाबाट यसपटक ७ सय ७५ विद्यार्थी सहभागी हुँदैछन् ।

कान्तिपुर

Link copied successfully