डोल्पो क्याम्पसमा संयुक्त प्यानल विजयी

चैत्र ६, २०८१

कान्तिपुर संवाददाता

Joint Panel wins at Dolpo Campus

डोल्पा — डोल्पाको ठूलीभेरी नगरपालिका– ३ दुनैमा रहेका डोल्पो क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियु , क्रान्तिकारी र समाजवादीको संयुक्त प्यानल विजयी भएको छ । 

अनेरास्ववियुका गोकर्ण बुढाथोकी ६१ मत ल्याएर सभापतिमा निर्वाचित भएका छन् भने अनेरास्ववियु(क्रान्तिकारी)का भीमबहार रानाले ६८ मत ल्याएर सचिवमा निर्वाचित भएका छन् । संयुक्त प्यानलबाटै अनेरास्ववियु(समाजवादी) की सुस्मिता कार्की ५७ मत प्राप्त गरेर विजयी भएकी हुन् ।

संयुक्त प्यानलविरुद्ध नेपाल विद्यार्थी संघबाट सभापतिमा चुनाव लडेका पञ्चबहादुर बुढा ५१ मत ल्याएर पराजित भए । नेपाल विद्यार्थी संघबाटै सचिव पदमा उम्मेदवार बनेकी कमला शाहीले ४४ मत ल्याइन् भने कोषाध्यक्ष सर्मिला महतले ५० मत ल्याएर पराजित भइन् ।

यसैगरी लिकु संयुक्त क्याम्पसमा सहमतिका आधारमा नेतृत्व चयन भएको छ ।

स्ववियु सभापतिमा अनेरास्ववियु (क्रान्तिकारीका) राजेन्द्र गिरी र सचिवमा अनेरास्ववियुका विमल खत्री निर्विरोध भएका छन् । यस्तै, उपाध्यक्षमा अनेरास्ववियु (समाजवादी)की निशाना धराला र कोषाध्यक्षमा नेविसंघबाट अरुणा न्यौपाने  निर्विरोध भएकी हुन् ।

कान्तिपुर संवाददाता

Link copied successfully