जुम्ला — त्रिवि अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमध्ये मंगलबार सम्पन्न स्ववियु चुनावमा जुम्ला बुहमुखी क्याम्पसको सभापतिमा अनेरास्ववियुका लोकेन्द्र बुढा निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृत पदमबहादुर शाहीका अनुसार अध्यक्षमा निर्वाचित बुढाले ११४ मत प्राप्त गरेका छन् ।
यस्तै सचिवमा नविसंघका दत्तराज रावत ९४ मतसहित निर्वाचित भएका छन् भने कोषाध्यक्षमा अनेरास्ववियुका दिनबादुर रावत १०७ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
सदस्यहरुमा नेविसंघका प्रविण बुढ्थापा, राष्टु थापा निर्वाचित हुँदा अनेरास्ववियुका सुर्जा रावत, हिमाली धिताल र अखिल क्रान्तिकारीबाट टोपबहादुर बोहोरा निर्वाचित भएको अधिकृत शाहीले जानकारी दिए ।
