स्ववियु निर्वाचन: सल्यानका तीन क्याम्पसका सभापति निर्विरोध

फाल्गुन २८, २०८१

विप्लव महर्जन

Swaviyu elections: presidents of three campuses of Salyan unopposed

सल्यान — त्रिवि अन्तर्गत सल्यानमा रहेका सातवटा क्याम्पसमध्ये तीनवटामा स्ववियु सभापति निर्विरोध निर्वाचित भएका छन् । 

जिल्लाको बन्गाड क्याम्पस, कपुरकोट र सारदा क्याम्पस शंखमुलमा निर्विरोध सभापति चयन भएका हुन् । बन्गाड क्याम्पसमा अखिल क्रान्तिकारीका जीवन बिष्ट, कपुरकोट बहुमुखीमा नेविसंघका झलक ओली र शारदा क्याम्पस शंखमुलमा अनेरास्ववियुका विश्व खड्का सभापति चयन भएको नेविसंघ सल्यानका सभापति केशव डाँगीले जानकारी दिए । 

उनका अनुसार अन्य क्याम्पसहरु सल्यान बहुमुखी क्याम्पस, जनकल्याण क्याम्पस थारमारे, शिवजन क्याम्पस सितलपार्टी र फारुला क्याम्पसमा भने निर्वाचन हुने भएको छ ।

फारुला क्याम्पसमा अखिल क्रान्तिकारीकी हीमा शर्मा र विप्लव अखिल समाजवादीबाट निशान देवकोटाले सभापतिका लागि उम्म्दवारी दिएका छन् ।

यस्तै जनकल्याण कयाम्पस थारमारेबाट अखिल क्रान्तिकारीका गणेश वली, नेविसंघ र अनेरास्ववियुको संयुक्त गठबन्धनबाट फलेन्द्र पुरी, शिवजन क्याम्पस सितलपार्टीमा अखिल क्रान्तीकारीका रोसन खड्का, नेविसंघ र अनेरास्ववियुको गठबन्धनबाट सुरज हमाल, सल्यान बहुमुखी क्याम्पस लुहापिङ्गमा अखिल क्रान्तिकारीबाट सितल कुँवर, नेविसंघ र अनेरास्ववियुबाट विशाल पुनले उमेदवारी दिएका छन् भने विप्लव अखिल समाजवादीबाट राजेन्द्र खड्काको उम्मेदवारी छ ।  

जिल्लामा स्ववियु निर्वाचनका लागि नेविसंघ र अनेरास्ववियुले गठबन्धन गरेका छन् भने विप्लव र अखिल समाजवादीले पनि अर्को गठबन्धन गरेका छन् ।

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully