हुम्लामा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, चार जना घाइते

फाल्गुन २८, २०८१

तृप्ति शाही

One dead, four injured after being buried by a mudslide in Humla

वीरेन्द्रनगर — घर पोत्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर हुम्लामा एक जनाएको मृत्यु भएको छ । चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

सर्केगाड गाउँपालिका–७ की २८ वर्षीया नेत्रकला जैसीको मृत्यु भएको प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए । 

घर पोत्ने माटो खन्ने क्रममा माथिबाट ढिस्को खसेको थियो । उक्त घटनामा स्थानीय तिर्थकला जैसी, मञ्जली जैसी, बालकी जैसी र लक्ष्मी जैसी घाइते छन् । उनीहरु सबैको उमेर २८ वर्ष रहेको सुवेदीले बताए । 

घाइतेहरुको उपचार स्थानीय स्वास्थ्यचौकीमा भइरहेको र अवस्था गम्भिर भएकाले जिल्ला अस्पताल लैजाने कि अन्त लैजाने भन्ने विषयमा छलफल भइरहेको प्रहरी निरीक्षक सुवेदीले बताए ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully