ढिस्को खसेर घाइते भएका ४ जनालाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो

फाल्गुन २८, २०८१

ज्योति कटुवाल

4 people who were injured due to falling mounds were brought to Surkhet by helicopter

सुर्खेत — हुम्लाको सर्केगाड गाउँपालिका रोडीकोटमा घर पोत्ने माटो लिन जाँदा घाइते भएका ४ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उनीहरूलाई थप उपचारका लागि सुर्खेत ल्याइएको हो । सेनाको हेलिकप्टरमार्फत चारजनालाई  प्रदेश अस्पताल कालागाउँमा पुर्‍याइएको छ ।

गाउँपालिकाका उपाध्यक्ष देवकी तिमिल्सेनाका अनुसार स्थानीय तिर्थकला जैसी, मञ्जली जैसी, बालकी जैसी र लक्ष्मी जैसी घाइते छन् ।


घाइतेहरूको अवस्था गम्भीर भएकाले जिल्ला अस्पतालले प्रदेश अस्पताल रेफर गरेको उनको भनाइ छ ।  ढिस्को खस्दा २८ वर्षीया नेत्रकला जैसीको मृत्यु भएको थियो । 

ज्योति कटुवाल कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully