घाँटीमा अमला अड्किएर बालकको मृत्यु

फाल्गुन २५, २०८१

विप्लव महर्जन

Child dies after Amla gets stuck in throat

सल्यान — घाँटीमा अमला अड्किएर सल्यानमा चार वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ कुइयाझोलका देवीलाल ओली र अमृता ओलीका छोरा सुशान्त ओलीको मृत्यु भएको हाे ।

आफ्नै घर नजिकैको बोटबाट अमला टिपेर ल्याई खेल्दै गर्दा बालक ओलीले खाएका थिए । अमला घाँटीमा अड्किएपछि जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा बाटैमा उनको मृत्यु भएको वडाध्यक्ष मेघबहादुर बुढाथोकीले बताए ।

मृत्यु भएका बालकको दाहसंस्कारसमेत भइसकेको उनले जानकारी दिए ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully