जाजरकोटमा गाडीको ठक्करबाट एकको मृत्यु

फाल्गुन २४, २०८१

कान्तिपुर संवाददाता

One dies in a car accident in Jajarkot

जाजरकोट — जिल्लाको छेडागाड नगरपालिका–१२ उम्रा निवासी राजु सिंहको गाडीको ठक्करबाट मृत्यु भएको छ । भारतको गुजरातबाट घर फर्किने क्रममा शुक्रबार राति करिब साढे ९ बजे छेडा बजार नजिकै उनलाई गाडीले ठक्कर दिएको हो ।

सिंहलाई ठक्कर दिने गाडीबारे कुनै जानकारी नभएको वडा वनस्थित प्रहरी कार्यालयले बताएको छ । ठक्कर दिने गाडीबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।  

पीडित पक्षले भने ठक्कर दिने गाडी र चालकलाई तत्काल पक्राउ गर्नुपर्ने भन्दै थलह बजारको सडकमा आन्दोलित बनेका छन् ।

कान्तिपुर

Link copied successfully