क्यान्सरको उपचार गराइरहेका वडाध्यक्षको निधन

फाल्गुन १९, २०८१

कान्तिपुर संवाददाता

Ward chairman who was undergoing treatment for cancer passed away

वीरेन्द्रनगर — सुर्खेतको भेरीगंगा नगरपालिका–९ का वडाध्यक्ष प्रेमबहादुर आग्रीको निधन भएको छ । भारतको महाराष्ट्रमा उपचारका क्रममा उनको निधन भएको हो । 

क्यान्सरको उपचारका लागि उनी एक वर्षदेखि भारतमा थिए । पारिवारिक स्रोतका अनुसार उनलाई मिर्गौलाको समस्या पनि थियो । 

आग्री नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

कान्तिपुर

Link copied successfully