कालिकोट — गएको असोजदेखि खडेरीले निराश कृषक बिहीबारदेखि परेको झरीसँगै खुसी भएका छन् । पानी नपर्दा बाली सुकेर निराश कृषकमा यतिखेरको वर्षाले खुसी छाएको खाँडाचक्र नगरपालिकाका कृषि शाखा प्रमुख परशुराम काफ्लेले बताए ।
'खडेरीले बाली सुकेर कृषक हैरान थिए,' उनले भने, 'यतिखेर कृषकका लागि अमृत वर्षा भयो ।'
वर्षाले गहुँ बालीसहित स्याउ र ओखर सप्रिने भएपछि किसान उत्साहित भएको मणिराम पाण्डेले बताए ।अब लेकाली बस्तीमा आलु लगाउन पनि सहज भएको उनको भनाइ छ ।
पानी पर्दा बालीमा लाग्ने रोगसमेत न्यूनीकरण हुने जिल्ला कृषि विकास कार्यालयका कर्मचारी डिल्लीश्वर पाण्डेले बताए।
