भीरबाट लडेर महिलाको मृत्यु

फाल्गुन ११, २०८१

तुलाराम पाण्डे

Woman dies after falling from Bhir

कालिकोट — दाउरा काट्न गएकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ। सान्नी त्रिवेणी-६ पोरीवनकी ५५ वर्षीया उता साउदको सान्नी त्रिवेणी-६ मा पर्ने उत्त्यसेनी भीरबाट लडेर शनिबार राति मृत्यु भएको हो ।

शनिबार दिउँसो दाउरा काट्न गएकी साउद बेलुकी घर फर्किने क्रममा भीरबाट लडेर घाइते भएकी थिइन् । उनलाई घर नपुर्‍याउँदै मृत्यु भएको सान्नीत्रिवेणी गाउँपालिका उपाध्यक्ष पार्वती सिंह सञ्ज्यालले बताइन्।

गाउँका छिमेकीसँग दिउँसो दाउरा काट्न गएकी थिइन्। उपाध्यक्ष सिंहले भनिन्, 'अस्पताल लैजाने जंगलबाट ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भयो।  मृतकका २ छोरा र १ छोरी छन् । पति कन्न साउद ज्याला मजदुरी र खेतीपाती गर्छन्।'

तुलाराम पाण्डे पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully