घाँस काट्दै गर्दा लडेर महिलाको मृत्यु

फाल्गुन ८, २०८१

रासस

A woman died after falling while cutting grass

सुर्खेत — जाजरकोटको कुशे गाउँपालिका–१ स्थित आधारभूत स्वास्थ्य केन्द्र काफलबाटामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाका देवीसरा वादीको घाँस काट्दै गर्दा लडेर मृत्यु भएको छ । 

आज बिहान घाँस काट्दै गर्दा लडेर घटनास्थलमै मृत्यु भएको स्वास्थ्य चौकी टालेगाउँका स्वास्थ्य चौकी प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए । कुशे–१ को गातिना सामुदायिक वनको राता पहारामा सुकेको घाँस काट्ने क्रममा भिरबाट लडेर वादीको मृत्यु भएको हो । 

रासस

Link copied successfully