भीरबाट खस्दा एमाले नेताको मृत्यु

फाल्गुन ६, २०८१

कान्तिपुर संवाददाता

UML leader dies after falling from Bhir

कालिकोट — भीरबाट लडेर कालिकोटको पचालझरना गाउँपालिका-२ खयरकोट घर भएका एमाले नेता नरेन्द्र कठायतको मृत्यु भएको छ ।

पचालझरना गाउँ कमिटीका उपसचिव ३२ वर्षीय कठायतको जारकोटबाट घर फर्किने क्रममा सोमबार बेलुकी लाफा भीरबाट खसेर  मृत्यु भएको हो । अप्ठ्यारो बाटो भएकाले  खुट्टा चिप्लिएर भीरबाट खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी गोविन्दप्रसाद चौधरीले बताए । भीरबाट कर्णाली नदीको तीरमा खस्दा उनको मृत्यु भएको जानकारी पाएको चौधरीको भनाइ छ ।

कान्तिपुर

Link copied successfully