जाजरकोट — मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी भेरी नगरपालिका–२ रिसाङकी ४० वर्षीया टली विकको उपचारका क्रममा शनिबार मृत्यु भएको छ ।
नलगाड नगरपालिकाको दल्लीदेखि जिल्ला सदरमुकाम खलंगातर्फ आउँदै गरेको भे५ख ३६६० नम्बरको मोटरसाइकल भेरी नगरपालिका–१ रिम्ना रिगौटामा अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएकी उनको नेपालगन्जस्थित नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परेको मोटरसाइकलका चालक नलगाड नगरपालिका–१ का ३३ वर्षीय भीमबहादुर चनारा पनि गम्भीर घाइते रहेको र उनको उपचार भइरहेको बताइएको छ ।
