बाहुबली र खानदानका आधारमा राजनीति गर्ने जमाना समाप्त भयो : मुख्यमन्त्री कँडेल

युवालाई राजनीतिप्रति अपनत्व बढाउन मुख्यमन्त्री कँडेलको आग्रह

माघ २१, २०८१

तृप्ति शाही

The era of politics based on Baahubali and Khandan is over: Chief Minister Kandel

वीरेन्द्रनगर — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजनीतिप्रति अपनत्व बढाउन युवाहरूलाई आग्रह गरेका छन् । युवाले राजनीतिप्रति वितृष्णा बाँड्ने भन्दा राजनीतिमै अपनत्व बढाएर जिम्मेवारी लिनुपर्ने बताए ।

नीति र शासनमा युवा कार्यक्रमअन्तर्गत कर्णालीका विभिन्न जिल्लाहरूबाट सहभागी भएका युवाहरूसँग अन्तरक्रिया गर्दै उनले राजनीति नै देशको मूल नीति भएकोले राजनीतिलाई सही ढंगले उपयोग गर्नुपर्ने सुझाव दिए ।

The era of politics based on Baahubali and Khandan is over: Chief Minister Kandel'पछिल्लो पुस्तामा राजनीतिप्रति वितृष्णा बढने खालका अभिव्यक्ति पाइने गरेको छ,' उनले भने,' राजनीति र दललाई गाली गर्नुभन्दा सुधार गर्ने बाटोमा युवाहरू नै अघि सर्नु पर्छ । बाहुबली र खानदानका आधारमा राजनीति गर्ने र जनप्रतिनिधि हुने जमाना समाप्त भएको छ ।' युवाहरूले उत्कृष्ट कार्यसम्पादन देखाउन सके राजनीतिमा अघिल्लो पुस्तालाई पछाडि पार्न सक्ने सम्भावना रहेको  उनले बताए ।

अन्तरक्रिया कार्यक्रममा सहभागी युवाहरूले आफूहरुले नीति र शासनको बारेमा बुझेपछि धेरै भ्रम हटेको र राजनीतिप्रति आर्कषण बढेको अनुभव सुनाएका थिए । 

तृप्ति शाही शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully