सल्यान — सल्यानमा खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको दार्मा गाउँपालिका-३ बाँझठाना घर भएका वर्ष २५ का काले पाण्डेको दार्मा खोलामा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार पाण्डे दिउँसो एक बजेतिर खोलामा कपडा धुन गएका थिए । मानसिक रोग भएका उनी एक्कासि बेहोस भएर लड्दा खोलामा डुबेका थिए ।
पाण्डेको घटनास्थलमै मृत्यु भएको र घटनास्थलमा अहिले प्रहरी पुगेर मुचुल्का उठाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याउने तैयारी भइरहेको पाण्डेको भनाइ छ ।
