भीरबाट लडेर वृद्धको मृत्यु

माघ १५, २०८१

तुलाराम पाण्डे

An old man died after falling from a cliff

कालिकोट — बाख्रा चराउन गएका नरहरिनाथ-८ चुचेढुंगाका ६६ वर्षीय वृद्ध अबिलाल विष्टको भीरबाट लडेर मृत्यु भएको छ । मंगलबार बिहान घरबाट बाख्रा लिएर जंगल गएका विष्ट कालिकोट र अछामको सिमानामा पर्ने घोडेकोटको भीरबाट खसेर मृत्यु भएको नरहरिनाथ-९ का वडाध्यक्ष प्रदीप बोहोराले बताए ।

बाख्रा र भैंसी पाल्ने कृषक विष्ट भीरबाट ४ सय मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको हो । उनको जन्मघर नरहरिनाथ-८ लालुगाउँ भए पनि बाख्रा र भैंसी पाल्न घोडेकोटको खर्कमा बस्थे । घरमा चराउन गएका गोठालो नआएर बाख्रा मात्र आएपछि खोजी गर्दा भीरमा शव भेटिएको पत्नी बाचु विष्टले बताइन् ।

विष्टका ३ छोरा र ५ छोरी छन् ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully