सल्यानमा भिरबाट लडेर महिलाको मृत्यु

माघ १३, २०८१

विप्लव महर्जन

A woman died after falling from a cliff in Salyan

सल्यान — भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । सिद्धकुमाख गाउँपालिका-२ निवासी मोहन चलाउनेकी श्रीमती २६ वर्षीया जानकी चलाउनेको आइतबार बिहान भिरबाट लडेर मृत्यु भएको हो ।

घर नजिकैको जंगलमा गाईबाख्राको गोठालो गएको बेला घाँस काटने क्रममा उनी कालाभिरबाट लडेकी थिइन् । भिरबाट लडेकी चलाउनेको टाउकोमा गहिरो चोट लागेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।

उनका अनुसार भिरबाट लडेकी चलाउने दुई सय मिटर तल खसेकी थिइन् । मृत्यु भएकी चलाउनेको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको र पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइने उनको प्रहरीले जनाएको छ। 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully