काठमाडौँ — दैलेखको जिल्ला कारागारमा कैदीबन्दीहरुका लागि स्वास्थ्य शिविर आयोजना गरिएको छ । स्वास्थ्य सेवा निर्देशनालय र स्वास्थ्य सेवा कार्यालय दैलेखको समन्वयमा कैदीबन्दीहरुका लागि एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।
कारागारका एक सय ४९ जना पुरुष र १८ महिला गरी १ सय ६७ जना कैदीबन्दीको स्वास्थ्योपचार गरिएको स्वास्थ्य सेवा निर्देशनालयका कार्यक्रम संयोजक पदम केसीले बताए ।
कारागारमा धेरैजसोको छाला रोग समस्या, क्षयरोग, दमका बिरामीहरु रहेको उपचारमा संलग्न स्वास्थ्य सेवा कार्यालय दैलेखका डा. रत्नबीर सुनारले बताए । उनले शिविरमा बिरामीहरुलाई एकीकृत स्वास्थ्य परीक्षणसँगै स्वास्थ्य सेवा परामर्श दिएको बताए ।
अहिले कारागारमा एक सय ५२ जना पुरुष, १८ महिला र दुई जना आश्रित बालबालिका छन् ।
