मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु

माघ ६, २०८१

महेश केसी

One person died in a motorcycle accident

रूकुम पश्चिम — चौरजहारीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका-१ लामिछाने गाउँ निवासी ३२ वर्षीय चिरञ्जीवी लामिछानेको आज बिहान दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

चौरजहारी बजारबाट घरतर्फ जाने क्रममा लामिछानेले चलाएको कर्णाली प्रदेश ०३–००१ प ०४७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी प्रमेश विष्टले बताए । 

घर पुग्ने क्रममा आज बिहान २ बजे मोटरसाइकल दुर्घटना भएको र उपचारका क्रममा चौरजहारी अस्पताल पुर्‍याएपछि उनलाई मृत घोषित गरिएको डीएसपी विष्टको भनाइ छ ।

महेश केसी केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully