वीरेन्द्रनगर — हुम्लामा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । चंखेली गाउँपालिका-१ को होहराबाडामा भएको ट्याक्टर दुर्घटनामा ३५ वर्षीया तुल्या बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । नुन बोकेर लोतीबाट वडा नं. १ जाँदै गरेको ट्र्याक्टर दुर्घटनामा परेको हो । प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।
