कर्णाली प्रदेशसभा अधिवेशन माघ ७ गतेका लागि आह्वान

पुस २६, २०८१

तृप्ति शाही

Call for Karnali Pradesh Assembly session on January 7th

सुर्खेत — कर्णाली प्रदेशसभाको अधिवेशन माघ ७ गतेको लागि आह्वान गरिएको छ । कर्णाली प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै प्रदेशसभाको अधिवेशन माघ ७ गते बस्ने जानकारी प्रदेशसभा सदस्यहरूलाई दिएको छ । 

नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीबाट प्रदेशसभाको दोस्रो कार्यकाललको पाँचौँ बैठक आह्वान गरिएको जनाइएको छ । 

तृप्ति शाही शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully