सल्यानमा ३ वर्ष र ६ महिनाका दिदीबहिनी घरमै मृत भेटिए

पुस २४, २०८१

विप्लव महर्जन

Sisters aged 3 years and 6 months were found dead at home in Salyan

सल्यान — सल्यानमा बुधबार बिहान दिदीबहिनी घरमै मृत भेटिएका छन् । बन्गाड कुपिण्डे नगरपालिका-११ गलगोलका टेकमान राना र पुर्णिमा रानाका छोरीहरू ३ वर्षीया करिष्मा र ६ महिनाकी राघवी मृत भेटिएका हुन् । 

दुई बहिनी मृत अवस्थामा भेटिएपछि अहिले प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक केशरकुमार न्यौपानेले बताए । कुनै पनि स्वास्थ्य समस्या नभएका दुई बहिनी मृत अवस्थामा भेटिएकाले घटना शंकास्पद रहेको उनले बताए ।

बालिकाका बाबु टेकमान रोजगारीका सिलसिलामा जिल्लाबाहिर रहेका छन् । आमा पूर्णिमालाई सोधपुछ गर्दा केही नबोलेको प्रहरी नायब उपरीक्षक न्यौपानेको भनाइ छ । घटनास्थल पुगेको प्रहरी टोली अनुसन्धानमा जुटेको उनको भनाइ छ । 

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully