रुकुम पश्चिम — रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नम्बर-१३ मा एक पुरुषको शव फेला परेको छ। बुधबार बिहान भेरी नदीको किनारामा भल्मा क्षेत्रनजिकै मृत अवस्थामा एक पुरुष फेला परेको रुकुम पश्चिमका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी गराएका दिए।
मृतकको पहिचान अहिलेसम्म खुल्न सकेको छैन। घटनाको जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको छ।
प्रारम्भिक अनुसन्धान जारी रहेको र मृतकको पहिचान तथा घटनाको कारण खुल्न केही समय लाग्ने रुकुम प्रहरी निरीक्षकको भनाइ छ। घटनाबारे अनुसन्धान भइरहेको बताउँदै थप विवरण आउन बाँकी रहेको जनाइएको छ।
