राँको बालेर मनाइयो भुवा पर्व

पुस १५, २०८१

तुलाराम पाण्डे

Bhuva festival was celebrated by burning firecrackers

कालिकोट — परम्परागत रूपमा मनाइँदै आएको भुवा औंसीका अवसरमा पलाँता र पचालझरनामा राँको बालेर मनाइएको छ । लोप हुन लागेको भुवा औंसी तथा भैलो खेलेर मनाइने चलनअनुसार परम्परागत संस्कृतिको संरक्षण गर्ने अवस्थामा पलाँतामा भने राँको बालेर मनाइएको हो ।

पलाँता गाउँपालिकाको थिर्पू, धौलागोह, खीनको छलँहा, पचालझरनाका जारकोट, राम्नाकोट, खार्दुलगायतका ठाउँमा राँको बालेर पुस १५ को अघिल्लो दिन भुवा औंसी मनाउने चलन छ ।

पुस १५ मा तिहारको रुपमा मनाउने र अघिल्लो दिन रमाइलो गर्ने चलन चल्तीअनुसार राँको बालेर भुवा औंसी मनाइएको पलाँता गाउँ पालिका अध्यक्ष  विष्णु रोकायाले बताए । 

माथिल्लो कर्णालीमा भुवा औंसीका रूपमा मनाइने चलनअनुसार भैली पनि खेल्ने चलन पछिल्लो समयमा हराउँदै गएको प्रति बुढापाका चिन्तित छन् । 'परम्परा मासिँदै गएको छ,' खार्दु गाउँका ७७ वर्षीय नरिमाने कठायतले भने, 'संरक्षण गर्न युवा पुस्ता लाग्नु पर्छ ।'

भुवामा भैली पनि खेल्ने चलन रहेको सिकुकार ८१ वर्षीय धन्नाम खडकाले बताए । उनले तिहारपछि खेलिने देउसी भन्दा पनि पुसमा भैलो खेल्ने गरेको स्मरण गर्दै अहिले हराउँदै गएको बताए ।

तुलाराम पाण्डे पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully