जाजरकोट — बाख्रा चराउन जंगल गएकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । नलगाड नगरपालिका-७ खगेनकोटकी ४१ वर्षीया धनी परियारको बाख्रा फर्काउन गएको बेला चिप्लेर भीरबाट खसेर मृत्यु भएको हो ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ बटालागाउँ माइतीघर भएकी परियार बिहीबार अपरान्ह कोटखोला जंगलमा बाख्रा चराउन गएकी थिइन् । साँझ ५ बजेतिर बाख्रा मात्रै घर गएपछि परिवार खोजी कार्यमा जुटेको थियो ।
खोजी कार्य गर्न गएको बेला लडेर अचेत अवस्थामा फेला परेकी परियारलाई दिल्लीस्थित नलगाड अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
