यी हुन् कर्णाली सरकारको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

पुस २, २०८१

तृप्ति शाही

These are the 7 decisions of the cabinet meeting of Karnali government

वीरेन्द्रनगर — कर्णाली सरकारको मन्त्रिपरिषद् बैठकले ७ वटा निर्णय गरेको छ ।

मंगलबारको कैठकले मुख्यमन्त्री रोजगार कार्यक्रम बाँडफाँट गरी कार्यान्वयनका लागि स्थानीय तहमा अख्तियारी प्रदान गर्ने, बड्डिचौर-बिउरेनी-बाबियाचौर-विद्दापुर सडकखण्ड १३.१ किलोमिटरलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्ने, कृषि तथा सहकारीसम्बन्धी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि-२०८१ लाई संशोधन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

यस्तै प्रोजेक्ट एग्रीमेन्ट गर्न सहमति प्रदान गर्ने, सहयोगापेक्षी मानव संरक्षण तथा व्यवस्थापन कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको उनले बताए । 

अपांगता प्रदेश निर्देशन समिति गठन, सञ्चालन तथा व्यवस्थापन कार्यविधि-२०८१ स्वीकृत गर्ने, अपांगता रोकथाम तथा पुन:स्थापना साझेदारी कार्यक्रम संघ, प्रदेश र स्थानीय तह सञ्चालन निर्देशिका-२०८१ स्वीकृत गर्ने निर्णय पनि भएको प्रवक्ता शाहले जनाए ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully