जाजरकोट नलगाडमा जिप दुर्घटना : ४ जनाको मृत्यु 

एक शिशुको अवस्था अज्ञात, २ जना घाइते

मंसिर २७, २०८१

हरिहरसिंह राठौर

Jeep accident in Jajarkot Nalgad: 4 killed

जाजरकोट — जाजरकोटको नलगाड नगरपालिका-३ को बाँस्कुटी उकालोमा जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने एक शिशुको अवस्था अज्ञात छ । उक्त दुर्घटनामा अन्य २ जना घाइते भएका छन् । बुधबार राति कालिमाटी बजारबाट कैना हुँदै कटके गाउँ जाने क्रममा गाडी बाँस्कुटीको उकालो घुम्ती नजिकबाट बिराखोलामा झरेको थियो । 

उक्त दुर्घटनामा चालक इन्द्रजित थापा, शारदा थापा, शिला पुन र लक्ष्मी पुनको घटनास्थलमै मृत्यु भएको छ । लक्ष्मी पुनको एक महिनाको छोरा बेपत्ता छन् । उनको खोजी कार्य जारी रहेको घटनास्थलमा रहेका प्रहरीले बताएका छन् ।

राति भएको कारण पनि खोजी गर्न समस्या भएको स्थानीयबासीले जानकारी दिएका छन् । अन्य २ जना घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको दल्लीस्थित इलाका प्रहरीले जनाएको छ । 

हरिहरसिंह

Link copied successfully