दैलेख — ट्रकले ठक्कर दिँदा दैलेखमा एक जनाको मृत्यु भएको छ । सुर्खेतबाट दैलेख आउँदै गरेको लु२ख ४००८ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा सोमबार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्रकले नारायण नगरपालिका– ८ मालपोत कार्यालय नजिकै ठक्कर दिँदा नारायण नगरपालिका–६ बस्ने ४२ वर्षीया अमृता कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।
ट्रक चालक सिद्धार्थनगर नगरपालिका-१३ रुपन्देही बस्ने २९ वर्षका गणेश दमाई प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सुनिल दाहालले बताए ।
