सल्यान — ट्र्याक्टर दुर्घटना हुँदा बाँसखोलामा चालकको मृत्यु भएको छ ।
जिल्लाको कालिमाटी गाउँपालिका–१ बाँसखोला नजिकै सोमबार से१च ५९५१ नम्बरको ट्र्याक्टर पल्टिँदा च्यापिएर तुलसीपुर उपमहानगरपालिका–९ नयाँबस्तीको थर्कुडाँडा घर भएका २८ वर्षीय चालक अनिल विकको मृत्यु भएको हो ।
बाँसखोला नजिकै साँघुरो घुम्तीमा घुमाउने क्रममा ट्र्याक्टर पल्टिएको र चालक विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बाुबराम बस्नेतले बताए ।
