कोठामा आगलागी हुँदा निसास्सिएर मृत्यु

मंसिर २४, २०८१

विप्लव महर्जन

Death due to suffocation due to fire in room

सल्यान — कोठामा लागेको आगोसहितको धूवाँले निसास्सिएर सल्यानमा एक पुरुषको मृत्यु भएको छ । जिल्लाको बाग्चौर नगरपालिका–८ कोटमौला घर भएका ३३ वर्षीय सन्दीप योगीको मृत्यु भएको हो ।

आइतबार राती चुरोट खाएर फालेको ठुटो सिरक तथा अन्य कपडामा सल्किंदा त्यसैबाट आगलागी भएको र कोठामा अक्सिजनको कमी हुँदा निसास्सिएरै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए । 

मृतकका बाबुआमा उपचारका लागि भारत गएको र आफूहरू नआउँदासम्म शव नउठाउन भनेपछि जिल्ला प्रहरी कार्यालय सल्यान र इलाका प्रहरी कार्यालय थारमारेबाट गएको प्रहरी टोलीले घटनास्थल सुरक्षित गरेर राखेको उनले जानकारी गराए ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully