जाजरकोट जिप दुर्घटना : मृतकको पहिचान खुल्यो

मंसिर २०, २०८१

हरिहरसिंह राठौर

Jajarkot jeep accident: The identity of the deceased has been revealed

जाजरकोट — जाजरकोटमा बुधबार बेलुका जिप दुर्घटना हुँदा मृत्यु भएका दुवै जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा गाडी चालक कैलालीका २५ वर्षीय मनोज केसी र जुम्लाका २२ वर्षीय मिथुन हमाल रहेको प्रहरीले जनाएको छ । दाङका २३ वर्षीय कमल चौधरी दुर्घटनामा परी घाइते भएका छ्न् ।

सिंह एण्ड ब्रदर्स निर्माण सेवा प्रालिको प्रदेश ३–०१–०२३ च ४७१९ नम्बरको जिप मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नगरपालिका-१० नुवागाउँ नजिकको मोडमा दुर्घटना भएको थियो । मध्य पहाडी लोकमार्गमा काकीगाँउबाट कुदुतर्फ आउँदै गरेको जिप सडकबाट करिब सात सय मिटर तल खसेको थियो ।

घाइते चौधरीलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको जाजरकोटका प्रहरी प्रमुख डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।  

हरिहरसिंह राठौर

Link copied successfully