जाजरकोटमा जिप दुर्घटना : २ को मृत्यु, १ जना घाइते

मंसिर १९, २०८१

हरिहरसिंह राठौर

Jeep accident in Jajarkot: 2 killed, 1 injured

जाजरकोट — जाजरकोटमा जिप दुर्घटना हुँदा २ को मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । 

मध्यपहाडी राजमार्गको जाजरकोट खण्डअन्तर्गत भेरी नगरपालिका-१० को नुवागाउँमा बुधबार भीरबाट बोलेरो जिप खस्दा २ को मृत्यु, १ जना घाइते भएका हुन् । वडा नं १० का अध्यक्ष हिरा शर्माका अनुसार अँध्यारो भएकोले उद्धार कार्यमा समस्या भइरहेको छ । 

सिंह एण्ड ब्रदर्स निर्माण सेवा प्रालिको प्रदेश नं ३ ०१०२३  च ४७१९ नम्बरको जिप नुवागाउँ कृष्ण मन्दिर नजिकको भिरबाट अन्दाजी ३०० मिटर तल खसेको हो । गाडीमा सवार ४ जनामध्ये १ जना घाइते अवस्थामा उद्धार गरिएको छ । दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । १ जनाको खोजी कार्य भइरहेको छ ।

हरिहरसिंह

Link copied successfully