डोल्पाको त्रिपुरासुन्दरी–५ मा माओवादीका झाँक्री विजयी 

मंसिर १७, २०८१

ज्योति कटुवाल

Jhankri of Maoists won in Tripurasundari-5 of Dolpa

काठमाडौँ — डोल्पाको त्रिपुरासन्दरी नगरपालिका–५ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका नरबहादुर झाँक्री विजयी भएका छन्  ।

स्थानीय तहको उपनिर्वाचन अन्तर्गत सोमबार बिहान मतगणनाको अन्तिम परिणामअनुसार वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका नरबहादुर झाँक्री विजयी भएका हुन् ।

उनले उनले १ सय ६१ मत ल्याउँदै एमालेका नरबहादुर रोकालाई पराजित गरेका हुन् । रोकाले एक सय १६ मत ल्याए । यसअघि २०७९ को स्थानीय तहको निर्वाचनमा यो वडामा वडाध्यक्ष एमालेले जितेको थियो । उती बेला एमालेका नन्दलाल रोका १ सय आठ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully