वीरेन्द्रनगर — हुम्लाको सर्केगाड गाउँपालिकामा दिउँसो साढे २ बजेसम्म ६० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन कार्यालय सर्केगाड हुम्लाका अनुसार ६ हजार ८ सय १० मतदाता रहेको सर्केगाडमा ४ हजार ३ सय ८१ मतदाताले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद दाहालले बताए ।
हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्षका पदका लागि आइतबार बिहान साढे ७ बजेबाट सुरू भएको मतदान शान्तिपूर्ण तरिकाले भइरहेको जनाइएको छ । पालिकामा मतदानका लागि १२ मतदान स्थलमा १३ मतदान केन्द्र तोकिएको छ ।
सर्केगाड गाउँपालिकामा कांग्रेसबाट सविता बुढा, नेकपा एमालेबाट जाना शाही, नेकपा माओवादी केन्द्रबाट देवकी तिमिल्सिना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संगीता शाही र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाँचा बुढा चुनावी मैदानमा उत्रिएका छन् ।
