सल्यान — धार्मिक तथा पर्यटकीयस्थलको रुपमा परिचित खैराबाङ मन्दिरमा दर्शनार्थीहरूको घुइँचो लागेको छ ।
शारदा नगरपालिका-११ मा रहेको खैराबाङ भगवती मन्दिरमा घटस्थापना देखि नै भक्तजनहरुको भिड लागेको हो ।
भक्तजनको भिडभाडले गर्दा अहिले मन्दिर लगायत आसपासमा चहलपहल बढेको छ भने व्यापार पनि फस्टाएको छ । घटस्थापना देखि षष्टिसम्म १५ हजार बढी भक्तजनहरुले दर्शन तथा पूजा अर्चना गरिसकेका मन्दिर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष छविकुमार शर्माले बताए ।
उनले खैराबाङ भगवती मन्दिरमा दर्शन तथा पूजाआजाको लागि दैनिक डेढ/दुई सय गाडीमा जिल्ला भित्र र बाहिरका भक्तजनहरु आईरहेका उनले जानकारी गराए ।
उनका अनुसार जार्षिक १ लाख ५० हजार भक्तजन आउने गरेकोमा दसैं सुरु भए यता दैनिक ३/४ हजारका दरले भक्तजनहरु आईरहेका छन । पुरातत्व विभागले प्यागोडाशैलीमा खैराबाङ भगवती मन्दिर निर्माणको काम रोकिएकाले केही असहज भएपनि भक्तजनहरु आइहरेको बताएका छन् ।
