कर्णालीमा तत्काल युवा नीति बन्छ : मन्त्री भण्डारी

श्रावण २८, २०८१

ज्योति कटुवाल

Youth policy will be made in Karnali immediately: Minister Bhandari

सुर्खेत — कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेशमा तत्काल युवा नीति लागू गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले कर्णालीमा युवा नीति आवश्यक रहेको बताएका हुन् ।

प्रदेशमा युवा नीति लागू गरेर विभिन्न रोजगार सिर्जना गरेर कर्णालीमै युवाहरु बस्ने वातावरण बनाउने अभियानको अब सुरुवात भएकाे उनले बताए ।

‘सरकारको आन्तरिक आम्दानी कमजोर हुँदा चाहेजस्तो काम गर्न सकिएको छैन,’ उनले भने, ‘संघीय सरकारले दिएको बजेटका आधारमा नीति बनाउनुपर्ने बाध्यकारी अवस्था छ ।’ यौनिक तथा लैंगिक अल्पसंख्यक, दृष्टिविहीन अपांगता लगायतका लक्षित वर्गका व्यक्तिहरुका लागि प्रादेशिक शिक्षा नीतिबाट उचित व्यवस्था हुने पनि उनले बताए ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully