विनोद शाह बने कृषि मन्त्री

जेष्ठ ९, २०८१

ज्योति कटुवाल

Vinod Shah became Agriculture Minister

सुर्खेत — नेकपा एमालेका सांसद विनोदकुमार शाहले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी लिएका छन् । शाहले बुधबार प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गाेपनियताकाे सपथ लिए ।

यसअघि साेही मन्त्रालयमा शपथ बहिष्कार गरेका शाहले बुधबार सपथ लिएका हुन् । याे विषयमा शाहीले पार्टीको केन्द्रकाे निर्देशन विपरीत मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रालयकाे बाँडफाँड गरेकाे भन्दै असन्तुष्ट जनाएका थिए । 

उनै मुख्यमन्त्री यामलाल कँडेलले शाहलाई पुनः मन्त्री बनाएका हुन् । वैशाख १८ गते मुख्यमन्त्री कँडेलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गर्दा उनले यसअघि शपथ ग्रहण बहिष्कार गरेका थिए ।

त्यसबेला कर्णाली प्रदेशका नवनियुक्त चार जना मन्त्री र एक जना राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका थिए ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully