वीरेन्द्रनगर — कर्णाली प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो तथा बजेट अधिवेशनको ३९ औं बैठक बसेर अधिवेशन अन्त्य भएको हो ।
बजेट अधिवेशनको पहिलो बैठक जेठ १० गते बसेको थियो । यस अवधिमा ३९ वटा बैठक ५४ घन्टा बसेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बजेट अधिवेशनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र विभिन्न विधेयक पारित गरेको छ । प्रदेशसभाले प्रदेश प्रशिक्षण विधेयक र प्रदेश निजामती विधेयक पनि पारित गरेको छ ।
बजेट अधिवेशनले प्रदेश सभामा रहेका चारवटा विषयगत समितिको सभापतिको निर्वाचन सम्पन्न गरेको छ ।
