कर्णालीमा थपिए एक मन्त्री, प्रदेश प्रमुखबाट शपथ 

कार्तिक ३०, २०७८

कृष्णप्रसाद गौतम

सुर्खेत — मुख्यमन्त्री नियुक्त भएको १५ दिनपछि कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिपरिषद्‌मा एक जना सदस्य थपेका छन् । अघिल्लो मंगलबार मुख्यमन्त्री भएका शाहीले नेकपा (एकीकृत समाजवादी)का चन्द्रबहादुर शाहीलाई मन्त्री बनाएका हुन् ।

शाहीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्रीको निजी सचिवालयका अनुसार उनले मंगलबार नै शपथग्रहण गरेका छन् । 

मन्त्रीलाई शाहीले प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । मुगु १ (ख) का सांसद हुन् । 

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully