यो खेलौना चाडैं नै पन्चको प्रिय बन्यो । पन्चले यसलाई अँगालो हाल्छ। तान्छ। सधैं आफुसँगै लिएर जान्छ ।
What you should know
काठमाडौँ — आजकल इन्टरनेटमा एउटा तस्बिर भाइरल भइरहेको छ । जहाँ एउटा मायालु, निर्दोष फुच्चे बाँदरले आफ्नो खेलौना साथीलाई अंकमाल गरेको देखिन्छ ।
यो जापानी बाँदरको नाम पन्च हो ।
उनको जन्म गत वर्ष जुलाईमा इचिकावा चिढियाघरमा भयो । उसकी आमाले जन्मिएपछि हुर्काउन अस्विकार गरिन् । सम्भवतः प्रचण्ड गर्मी र प्रसुतीको समय धेरै कस्ट भएकाले आमाले पन्चलाई हुर्काउन गाह्रो मानेको हुनसक्छ । यसपछि चिडियाखानाका कर्मचारीहरूले उसलाई हुर्काए । उसका सुरुवाती अभिभावक र साथी ती कर्मचारी नै थिए ।
जनवरी आइसकेपछि पन्चलाई अन्य बाँदरहरूसँग घुलमिल गराउने प्रयास गरियो । तर सुरुवातमा अन्य बाँदरहरूसँग घुलमिल हुन उसलाई कठिन पर्यो । प्राय अवस्थामा बाँदर वा कुनै पनि प्रजातिलाई आफ्नी आमाले बाँकी संसार चिनाउँछिन् । आमा नभएकाले सामाजिक रूपमा अरूसँग अन्तक्रिया गर्नका लागि पन्चलाई गाह्रो भयो ।
भाइरल भिडियोहरूमा पन्च लाडिएर ठूला बाँदरहरूतिर गएको देखिन्छ, तर उनलाई ती बाँदरले कुटपीट वा बेवास्ता गर्छन् । यसले पन्चलाई भावनात्मक असर नगरोस् भनेर कर्मचारीहरूले एउटा खेलौना ल्याइदिए । यो खेलौना चाडैं नै पन्चको प्रिय बन्यो । पन्चले यसलाई अँगालो हाल्छ। तान्छ। सधैं आफुसँगै लिएर जान्छ ।
पन्चले अन्य बाँदरसँग अन्तक्रिया र सञ्चार गर्ने प्रयास पनि गरिरहेको छ । आफ्नो खेलौना साथीलाई पनि आफुसँगै बोकेको छ । यी तस्विरहरूलाई मानिसहरूले सामाजिक सञ्चालमा आ-आफ्नै ढंगले व्याख्या गरेका छन् ।
यो खेलौना आईकिया कम्पनीले बनाएको हो । स्विडेनमा मुख्यालय रहेको यस कम्पनीका विश्वभर शाखा छन् । अहिले यस्तै खेलौना खरिद गर्न चाहनेको संख्या निकै बढेको कम्पनीले जनाएको छ । पन्चको एक्लोपन घटाउन यसले ठूलो भूमिका खेलेको छ ।
अहिले पन्च र उसको खेलौना साथीको भावनात्मक भिडियो र तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
