कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

डीजे वाले...

कान्तिपुर संवाददाता

काठमाडौँ — किनमेलको मुख्य आकर्षण दरबारमार्गको सडक सधैं व्यस्त रहने गर्छ । अरु क्षेत्रको तुलनामा नारायणहिटीअघिको सडक सफा पनि देखिन्छ । यो सडक शनिबारलाई सवारी साधनमुक्त बनाइएको थियो । तर, मानिसको घुइँचो भने झनै बढेको थियो । त्यसको मुख्य आकर्षण थियो–वादशाह ।

डीजे वाले...

भारतका चर्चित र्‍यापर वादशाहले ‘डीजे वाले’ सहित आफ्ना चर्चित गीतहरु दुई घण्टासम्म पस्किएका थिए । कन्सर्टमा आएका दर्शकले सडक भरिएको थियो । र, स्टेज पनि अघिल्लो दिनदेखि मिहिनेत गरेर सडकमै बनाइएको थियो । १४ औं दरबारमार्ग सडक उत्सवको अवसरमा आयोजित कन्सर्टमा द एज ब्यान्ड र इन्दिरा जोशीले पनि आ–आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेका थिए ।

तस्बिरहरू : इलिट जोशी

प्रकाशित : आश्विन १२, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?