काठमाडौं — शरीरको रगतमा चिनीको मात्रा चाहिने भन्दा धेरै भयो भने त्यो रोगलाई मधुमेह रोग भनिन्छ । यो रोग एकपटक लागेपछि पुरा निको हुँदैन तर लगभग ५० प्रतिशत नयाँ मधुमेहका केसहरु खानाबाटै नियन्त्रण गर्न सकिन्छ र ५० प्रतिशत रोगीलाई औषधि या ईन्सुलिनको आवश्यकता पर्दछ ।
शरीरको रगतमा चिनीको मात्रा चाहिने भन्दा धेरै भयो भने त्यो रोगलाई मधुमेह रोग भनिन्छ । यो रोग एकपटक लागेपछि पुरा निको हुँदैन तर लगभग ५० प्रतिशत नयाँ मधुमेहका केसहरु खानाबाटै नियन्त्रण गर्न सकिन्छ र ५० प्रतिशत रोगीलाई औषधि या ईन्सुलिनको आवश्यकता पर्दछ ।
मधुमेहका रोगीले खानपानको साथसाथै शारीरिक व्यायमलाई पनि संगसंगै नियमितता दिनुपर्छ जसले रगतमा चिनीको मात्रा सन्तुलन राख्न सहयोग पुर्याउँछ ।
मधुमेहका रोगीलाई कति आहार चाहिन्छ भन्ने कुरा रोगीको उमेर, शरिरको तौल, कार्य, पेशा, लिङ्ग, वर्ण आदिको आधारमा निर्धारण गरिन्छ ।
क्यालोरी गणना (सामान्य तौलको लागी)
कार्बोहाईड्रेट : ५० प्रतिशत २५० ग्राम (१००० क्यालोरी)
प्रोटिन : २० प्रतिशत १०० ग्राम (४०० क्यालोरी)
बोसो : ३० प्रतिशत ६७ ग्राम (६०० क्यालोरी)
मधुमेहका रोगीहरुले खानपान कसरी गर्ने ?
मधुमेहका रोगीहरुले हरेक दिन सन्तुलित मात्रामा ३ पटक खाना र ३ पटक खाजा खानुपर्छ ।
बिहानको खाजा (६-७ बजे)
बिहानको खाना (९-१० बजे)
(यसरी खाँदा अन्नको मात्रा भन्दा दाल र सागसव्जीको मात्रा धेरै हुनुपर्छ ।)
दिउँसोको नास्ता (१-२ बजे)
रातिको खाना (८ बजे)
सुत्ने बेला (१०-११ बजे)
मधुमेहका रोगीहरुले खानपानमा ध्यान दिनुपर्ने कुराहरु :
चिनी रोग सम्बन्धी भ्रम
हाम्रो जनमानसमा मधुमेहरोग लागेको बिरामीले भात वा आलु खानु हुँदैन भन्ने भ्रम छ जुन सत्य होइन । खासमा भात, जरा भएको तरकारी र अरु अन्नहरुले रगतमा चिनिको मात्रा सन्तुलन राख्छ । त्यसकारण हरेक खाजा वा खाना मात्रा मिलाएर खानुपर्छ ।
चिनीरोग प्यानक्रियाजमा इन्सुलिन कम वनेमा वा बनिसकेको इन्सुलिनले कुनै कारणवस काम नगरेमा हुन्छ । यो रोग भनेको पुख्र्याैली रोग पनि हो । त्यसैले धेरै गुलियो पदार्थ वा भात खानाले चिनी रोग लाग्ने कुरामा सत्यता छैन तर चिनि रोग लागेपछि चिनि भएको खाना र गुलियो पदार्थ थोरै मात्रामा या चिकित्सको सल्लाह अनुसार खानुपर्छ या बन्द गर्नुपर्छ ।
(लेखक ग्राण्डे सिटी अस्पतालमा कार्यरत वरिष्ठ फिजिसियन हुन् ।)
