कालीगण्डकी करिडोर चार दिनदेखि अवरुद्ध

निरन्तर बगिरहेका कारण सडकमा जम्मा भएको पहिरो हटाउन कठिनाई भइरहेको छ ।

श्रावण २, २०८३

प्रदीप पन्त

Kaligandaki Corridor blocked for four days

बागलुङ — चार दिनदेखि अवरुद्ध भएको कालीगण्डकी करिडोर अझै सुचारु हुन सकेको छैन । कालीगण्डकी करिडोर अर्न्तगत बागलुङ खण्डको बेलबगरमा गत बुधबार रातिदेखि पहिरोले सडक अवरुद्ध बनेको हो । 

निरन्तर बगिरहेको कारण सडकमा जम्मा भएको पहिरो हटाउन कठिनाई भइरहेको छ । सडक सुचारु गराउने गरी सडक डिभिजन कार्यालय बागलुङ र पाल्पाका दुई वटा एक्स्काभेटर प्रयोग भइरहेको प्रहरी चौकी छिस्ती वेलबगरका सहायक निरीक्षक रामनिवास साह तेलीले बताए । 

झन्डै २ सय मिटर सडक पहिरोले पुरेको कारण हटाउन अझै दुई दिन लाग्ने तेलीले बताए । पहिरोलाई पूर्णरुपमा हटाउनको लागि थप एक्स्काभेटर मगाएको उनले बताए । कालीगण्डकी करिडोर अवरुद्ध हुँदा बागलुङ, म्याग्दी, मुस्ताङ, गुल्मी, स्याङजा, पाल्पा, बुटवललगायत आउजाउ गर्ने यात्रु प्रभावित भएका छन् । 

प्रदीप

Link copied successfully